• होमपेज
  • बाजुरा बिशेष
  • मापसे गरेको ड्राइभरले गाडी चलाएको अबस्तामा पक्राउ

मापसे गरेको ड्राइभरले गाडी चलाएको अबस्तामा पक्राउ

  • शुक्रबार, असार ६, २०७६
मापसे गरेको ड्राइभरले गाडी चलाएको अबस्तामा पक्राउ

बडीमालिका खवर
बाजुरा ६ असार
जिल्ला सदरमुकाम मार्तडीमा मदिरा सेवन गरेर गाडी चलाइरहेको अबस्थामा एक जना ड्राइभर पक्राउ परेका छन् । बिहिबार साझँ मार्तडीबाट सवार रहेको जीपको ड्राइभरले मदिरा सेवन गरी अगाडी गुडीरहेकाे से १ ज १ हजार ६४ नम्मरकाे गाडीलाइ ठक्कर दिएकाे बताएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ । बिहबार साझँ मदिरा सेव गरे जीप मार्तडी बाजरबाट जादै गर्दा कारागार नजिकै गुडीरहेकाे गाडीलाइ ठक्कर दिएकाे तर गाडीमा सवार कसैलाइ केही पनी नभएकाे बताइएकाे छ । मदिरा सेवन गरि अर्काे गाडी आेभर ट्याक गरी अगाडी जाने क्रममा  ठक्कर दिएकाे र मापसे गरेकै कारण ड्राईभर पक्राउ परेकाे प्रहरीले बताएकाे छ । डोटी जोरायल गाउँपालिका वडा न २ का घर भएका ड्राइभर उपेन्द्र कडेलले मदिरा सेवन गरी जीप चलाईरहेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
ड्राइभर कडेल बिगत ३ महिनादेखी बाजुराका ग्रामीण भेगमा जीप चलाउदै आएको र कडेलले पटक पटक मदिरा सेवन गरी गाडी चलाउदै आएको खबर पाएको तर मदिरा सेवन गरेको नदिखीएको थियो हिजो मात्र मदिरा सेवन गरेर अर्को जीपलाई ठक्कर दिएपछी उनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । मदिरा सेवन गरी से १ ज १ हजार ६४ नम्मर रहेको सो गाडीले से १ ज ५ सय ४१ नम्मरको गाडीलाई ठक्कर दिएको र सो गाडीको ड्राईभरले प्रहरीलाई खवर गरेपछी ड्राईभर कडेल पक्राउ परेको बताएको छ ।
मापसे गरेको भनी प्रमाणीत भएकाले सार्बजनिक कसुर ऐन अनसार कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार