• होमपेज
  • बाजुरा बिशेष
  • दुर्गम गाउँमा सुत्केरी हुन नसकेकी महिलाको हेलीकप्टर मार्फत उद्धार

दुर्गम गाउँमा सुत्केरी हुन नसकेकी महिलाको हेलीकप्टर मार्फत उद्धार

  • बिहिबार, असार ५, २०७६
दुर्गम गाउँमा सुत्केरी हुन नसकेकी महिलाको हेलीकप्टर मार्फत उद्धार

बडीमालिका खवर
बाजुरा ५ असार
बाजुराबाट हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वार्मिकार्तिक गाउ“पालिका वडा नं १ मुक्तीकोटकी २२ वर्षिया रजनी विकलाई सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछी नेपालगञ्ज पठाइएको  स्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सिंहले बताए । बिकको सुत्केरी हुन एक महिना बाकि रहेको भए पनी उनलाइ जटिल बिरामका कारण गाउका स्वास्थ चौकीमा तथा जिल्लामा उपचार हुन नसक्दा उनलाई सामाजिक बिकास मन्त्रालय संग समन्वय गरि हेलिकप्टर मार्फत नेपालगंज लगिएको सिहंले  बताएका छन । जिल्लाबाट जटील केश भएको खवर पाए लगत्तै सामाजिक बिकास मन्त्रालयको पहलमा हेलीकप्टर पठाएर महिलाको उद्धार गरिएको सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले बताएका छन् । उनकाे मुखबाट र्याल आउने पेट दुख्ने  टाउकाे दुख्ने लगायत बिभिन्न बिरामीका कारण उनलाइ जिल्लामा उपचार सम्भव नभएकाेले तत्काल उद्दारका लागि पहल गरिएकाे स्वास्थय कार्यालय प्रमुख सिह‌ले बताएका छन् । गाउँपािलकामा गरिवी र अशिक्षाका कारण यस्ता रोगका कारण समस्या हुने गरेको स्वामीकार्तिक खापर गाउपालिका अध्यक्ष चिरनजिबी शाहीले बताए । आफ्नो गाउपालिकामा यस्ता बिरामीहरु धेरै भेटिने गरेको अध्यक्ष शाहीले  बताए । सामाजिक बिकास मन्त्रालयको सहयोग यसअघी बाजुरामा ६ जना बिभिन्न बिरामीका महिला तथा सुत्केरी महिलाको उद्धार गरिसको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार