बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सवैले एक पटक पढ्नै पर्नेः-उमेश अवस्थी (आदर्श)को तेस्रो प्रस्तुतीः भागः-३-

सवैले एक पटक पढ्नै पर्नेः-उमेश अवस्थी (आदर्श)को तेस्रो प्रस्तुतीः भागः-३-

  • बिहिबार, असार ५, २०७६
सवैले एक पटक पढ्नै पर्नेः-उमेश अवस्थी (आदर्श)को तेस्रो प्रस्तुतीः भागः-३-

उमेश अवस्थी (आदर्श) — एक पटक एक राजालाई अनौठौ प्रश्न प्रयोग गर्ने ईच्छा जाग्छ सोही बमोजिम उनले एक व्यक्ति लाई आफ्नो सामु बोलाएर भन्छन । भोली बिहान घाम झुल्कने बित्तिकै दरवार अगाडी को खेतमा दौडिनु तिमी दिनभरीमा जती क्षेत्रफल मा दौडिन सक्छौ त्यति क्षेत्रफल बराबरको जमिन म तिमी लाई दिने छु तर ख्याल गर्नु की त्यो जमिन आफ्नो बनाउनका लागी तिमी बिहान जुन ठाउबाट यात्रा गर्न थाल्ने छौ । त्यही ठाउमा फर्केर घाम नअस्ताउदै आई पुग्नु पर्नेछ । यतीकुरा सुनि सकेपछि ति व्यक्ति भौते खुशी हुन्छन । ति व्यक्ती जती सके धेरै दुरी दौडएर पार गर्ने मनमनै सोच्दै आफ्नो घरतिर लाग्छन । राजाको आदेश बमोजिम भोलिपल्ट त्यो व्यक्ति सवै बन्दोबस्त मिलाएर घाम झुल्कने बित्तिकै आफ्नो दौड सुरु गर्छ । उ दिनभर कुद्धै जोर जोरका साथ दौडिन्छ । जब उसलाई थकाई लाग्थ्यो अनि उ भन्थ्यो भोलि आराम गरौला आज त दौडिने हो । जब उसलाई प्यास लाग्थ्यो उ भन्थ्यो भोलि पानी पिउला आज त दौडिने हो । जब उसलाई भोक लाग्थ्यो अनि उ भन्ने गर्थ्यो आज त दौडेर जमिन बनाउने हो खाना त भोली खाउला । उ मनमनै सोच्ने गर्थ्यो भोलि त यो आखाँ ले देखिने जति सबै जमिन मेरो हुदा मलाई कति खुशी मिल्ला । मानिसहरुले मलाई धनी जमिनदार भनी सम्मान गर्ने छन । जब उनिहरुलाई ऋण चाहिन्छ, उनिहरु सवैजना मेरो आगनमा हात जोड्न आउनेछन । यो जमिन आफ्नो बनाएपछि यसको केही हिस्सा बेचेर एउटा राम्रो घर बनाउने छु । घर अगाडी एउटा स्वइमिङ पुल र बगैचा बनाउने छू । आफ्नै घरभित्र डान्सबार खोल्ने छु । अनी त्यही बारमा सुन्दर सुन्दर युबति हरु संगै नाच्दै बाकी जिन्दगी रिल्याक्सका साथ बिताउने छु । यस्तै यस्तै अनेकौ सपना र योजनाहरु बुन्दै बुन्दै लगातार उ के दौडिरहेको थियो । अचानक त्यो व्यक्तिलाई राजाले भनेको दौडको शर्त याद आउँछ । शर्त अनुसार त उ बिहान जुन ठाउबाट दौडिन सुरु गरेको थियो । त्यही ठाउमा घाम नडुब्दै फर्किनु पर्ने थियो । अब उसलाई फसाद पर्यो । उ त आफ्नो दौडमा यती मग्न भएको थियो की आफु फर्कनु पर्छ भन्ने कुरा त बिर्सिएछ यसो आकाश तिर हेर्छ त घाम डुब्न करिब करिब एक घण्टा मात्र बाकी छ । अब के गर्ने उसले जे होला होला भनेर हतार हतार बिहान यात्रा थालनी गरेको ठाउतिर फर्किन थाल्छ । अब तपाई आफै अन्दाज लगाउनु होस कि बिहान देखी दौडिएको त्यति लामो बाटो अब उसले एक घण्टामा फर्कनु पर्ने थियो । एक त उ पहिलै थाकि सकेको थियो । भोक र प्यासले ब्याकुल भइ सकेको थियो । दिनभर हिडेको बाटो एक घण्टामा फर्कनु पर्ने थियो । उ संग सास फेर्ने समय पनी बाकी थिएन । कति कति बेला सास रोकिएर मुटु फुट्ला जस्तै हुन्थ्यो । तरपनी उ दौडिन छौड्दैनथ्यो । किनकी उसले सारा जमिन आफ्नो बनाउने सपना संहालेको थियो । त्यही लालच ले उसलाइ एक सेकेण्ड पनी रोकिन दिएन । उसको शरिरमा बग्नको लागी अब एक थोपा पसिना पनी बाकी थिएन । जति पसिना बग्नु पर्ने थियो सबै पसिना पहिलै बगिसकेको थियो । उसको ओठ मुख सुकेर प्याकप्याक भई सकेको थियो तै पनी उसको लोभ कम भएको थिएन तर जेहोस जेनतेन चारहात पाउ टेकेर भएपनी उ बिहान यात्रा थालनि गरेको ठाउमा पुग्छ । त्यो ठाउमा उसले दौडिएर कमाएको जमिन पास गरिदिनको लागी राजा पर्खेर बसेका थिए । तर अपसोच त्यो ठाउमा के आईपुगेको थियो अत्याधिक थकानको कारण उ त्यही ठाउमा बेहोस भएर लड्छ । र एकैछिनमा थाहा हुन्छ कि ह्यटअट्याक भएर उसले सदाको लागी यो संसार छोडिसकेको हुन्छ । अनि राजाले त्यही बिन्दुमा चिहान खनेर गाड्न लगाउछन । यो शबकुस देखेका राजाका मन्त्रीहरु मनमनै भन्छन बिचरा यो मान्छे दिनभरी दौडेर सारा जमिन आफ्नो बनायो भनेको त उसले त केबल चिहान बराबरको जमिन पो आफ्नो बनाएको रहेछ । धेरै जसो मानिसहरु को नियति पनि यही कथाको अभागी पात्र को जस्तो छ । उनिहरु जिन्दगी भरि भोली मज्जाले आराम गरौला भनेर मरिमरि काम गर्छन उनिहरुले सोचेको दिन कहिल्यै आउदैन बरु त्यो दिन आउनु भन्दा अगाबै मृत्यु उनिहरुलाई लिन आईपुग्छ आधा जिन्दगीमा मान्छेहरु स्वास्थ्य बिगारी बिगारी काम गर्छन आधा जिन्दगी त्यही काम गर्दा गर्दै बिग्रिएको स्वास्थ्यको उपचार गराउँदा गराउदै बिताउछन ।जिबनमा पैसा पैसा भन्दा भन्दै धन पैसाको पछाडी मात्र नाङ्गो भएर नभाग । आफ्नो परिवार आफ्नो स्वास्थ्यको पनी ख्याल गर्ने गर किनकी जुन दिन तपाई बिरामी पर्नेछौ । तपाइले कमाएको पैसाले तपाईकै बिग्रिएको स्वास्थ्य ठिक पार्नमा सकिनेछ । दशहजारको मोबाईल तपाई कहिल्यै पानिमा भिजाउदैनौ । दुईलाखको बाईकमा तपाइलै कहिल्यै मट्टितेल राख्दैनौ किनकी तपाई लाई डर हुन्छ मट्टितेलले बाइकको ईन्जिनलाई खराब गर्न सक्छ । पानीले भिझ्दा मोबाईल बिग्रन सक्छ । जाबो दश हजारको मोबाईल र दुई लाखको बाईकको त्यत्रो चिन्ता छ तपाईलाइ तर तपाईले आजसम्म कहिल्यै चुरोट, रक्सी, गुट्खा, खैनि,मुखमा हाल्नु भन्दा पहिला सोच्यो कि यदि मुटु कलेजो फोक्सो खराब भयो भने तपाईको अमुल्य शरिरको पनि त्यति नै ख्याल गर जति तपाई आफ्नो मोबाइल , बाईक अथवा अन्य चिजवस्तुको ख्याल गर्छौ । गाडी मोबाइल , बाईक अथवा अन्य चिजवस्तु त तपाई अरु पनी किन्न सक्छौ निरोगि र स्वस्थ शरिर कहिल्यै दोस्रो किन्न सक्तैनौ । आज तपाइ दुईचार पैसा आउने लोभमा कमशल खालको खाने कुरा खान्छौ । गुणस्तरहिन समान प्रयोग गर्छौ कामदार वा खेताला राखेर गर्न सकिने काम पनि आफे सकि नसकी गर्न तयार हुन्छौ । सधै हतार सधै तनाब चाहे जतिसुकै हतार किन नगर कि तपाईले कुनै मान्छे आफ्नो चिहान भन्दा टाढा पुगेको देखेका छौ । एउटा कुरा सधै याद गर तपाईको घरमा खाना बनाउनको लागि तपाईले कामदार पनी राख्न सक्छौ । तपाईको घरमा लुगाधुन र भाँडा माझ्नको लागी पनि तपाईले कामदार राख्न सक्छौ । तर जुन दिन तपाई बिरामि पर्नेछौ के तपाईले तपाईको लागी अस्पतालमा बिरामि बनेर सुतिदिनको लागी कसै खेतालालाई राख्न सक्छौ । के तपाईले तपाईको लागी दुखाई सहिदिने कामदार राख्न सक्छौ । के तपाईले कसैलाई तपाइको सट्टामा चिहानमा जल्नको लागि पैसा तिरेर खरिद गर्न सक्छौ । अबश्य सक्दैनौ जब तपाई बिरामि हुनेछौ तपाई एक्लै लाइ नै पर्नेछ दुखाई सहन, अस्पतालको बेडमा सुत्न र जुन दिन तपाई अकालमै मर्नेछौ तपाईले नै पर्ने छ मृत्यु सैयामा जल्नु यसको अर्थ धन पैसा कमाउ तर स्वास्थ्य बिगारेर हैन रमाईलो गर मोजमस्ती गर तर स्वास्थ्य बिगारेर हैन खाउ मिठा मिठा खानेकुरा तर स्वास्थ्य बिगारेर हैन साह्रै मुर्ख नबन एकचोटी हेर आफैलाई तपाइ बाची बाची मर्दैछौ । के मरि मरि बाची रहेका छौ । म त चाहन्छु मरी मरी नबाचु । बरु बाची बाची मरु । सधै याद राख जिन्दगिका दिमाग हल्लाईदिने सत्यहरु लाई जुन दिन तपाईको मृत्यु हुन्छ । तपाईको पैसा बैङ्कमा नै रहन्छ । तपाइलाई जिउदो हुदा लाग्छ कि तपाई सित खर्च गर्न प्रयाप्त धन छैन । जब तपाई जान्छौ तब धेरै धन पैसा खर्च नगरेर बचेर रहन्छ । धेरै आवश्यक छ कि धेरै अधिक धन आर्जन गर्नु भन्दा अधिक जिवन बाच्न सिक । विश्व संगितको ईतिहासमा सर्वाधिक सफल गायकहरु मध्ये एक गाएक को रुपमा एल बि कृस्लेको नाम लिईन्छ बिसौ शताब्दीमा उनले आफ्नो गायन मार्फत अभुत पैसा कमाएका थिए । एल बि कृस्ले आफु दैख्नमा भौतै सुन्दर थिए । युवति हरुको दृष्टिमा एल बि कृस्ले का अगाडी माईकल ज्याक्सन पनी फिक्का लाग्ने गर्दथे । अहिले को बलिउडमा सलमान खान को सफलता र आकर्षण संग एल बि कृस्लेको तुलना गरिन्छ । एल बि कृस्लेको लागी कुनै डेटिङमा युवती संग जानु ठुलो कुरा पटक्कै थिएन । त्यो बेलाका सुन्दर र चर्चित युवतिहरु एल बिस संग रात बिताउनका लागि गौरवको विषय ठान्दथे । यहा सम्मकी कतिपय युवतिहरुले त आफु रातारात सेलिब्रेटी हुनकैलागी पनी आफ्नो प्रेम सम्बन्ध एल बिस कृस्ले संग रहेको कुरा दावि गर्ने गर्दथे । यही सफलताको बिचमा एल बिस कृस्ले को दिल आनड्युलिन नाम गरेकी युवति संग वस्न पुग्यो उनि कृस्लेकि फ्यान थिईन । आनड्युलिन संग एल बिस कृस्ले बिबाह को लागी पत्रिकामा नाम छापियो । अर्को दिनको पत्रिकामा दुईओटा युवतिले आत्महत्या गरेको खबर समेत सार्वजनिक भएको थियो । यहिबाट आकलन गर्न सकिन्छ की एल बिस कृस्ले कती प्रसिद्ध र लोकप्रिय थिए भनेर तर यस्ता अतुलनिय नायक गाएक एल बिस कृस्लेले साह्रै मन पराएर विवाह गरेकी श्रिमतिले विवाह गरेको पाचँ वर्ष नपुग्दै उनलाई डिभोर्स दिईन । यति सफल यति धन्नाडे यति सुन्दर पुरुष संग विवाह गरेर पनी किन उनले आफ्नो श्रिमान एल बिस कृस्लेलाई छोड्ने निर्णय गरिन त भनेर अदालत कि एक न्यायधिशले सोधिन तब एल बिस कृस्लेकि श्रिमतिले जुन जवाफ दिईन त्यसले आज हाम्रो जिउमा काडा उम्रिन्छ । उनको जवाफ थियो हो म मान्छु कृस्ले संग सोन्दर्यता छ , प्रसिद्धि छ पैसा छ ,तर ति सबै कुरा हुदाहुदै पनी मैले उसलाई डिभोर्स दिन बाध्य भए किनकी उ संग मलाई दिने समय भने छैन म फेरी दोहोर्याउछू हो म मान्छु कृस्ले संग सोन्दर्यता छ , प्रसिद्धि छ पैसा छ ,तर ति सबै कुरा हुदाहुदै पनी मैले उसलाई डिभोर्स दिन बाध्य भए किनकी उ संग मलाई दिने समय भने छैन । त्यसपछि जब एल बिस कृस्लेका तर्फबाट वकालत गरिरहेका वकिलले उनकी श्रमतिको उसैको घरमा काम गर्ने नोकर संग सम्बन्ध रहेको आरोप लगाए । तव उनकी श्रमतीले उक्त आरोप सजिलै स्विकार गरिन र भनिन एउटी श्रमतिको नाताले मलाइ प्रसिद्धि चाहिएको थियन । अदभुत धन पनी चाहिएको थिएन । मलाई त केबल माया चाहिएको थियो । माया जुन कुरा मलाइ मेरै घरमा काम गर्ने कामदार बाट मिल्यो । एउटि स्त्रीक मनले प्रेम खोज्छ नै जब श्रिमानले समय छुट्याउन सक्दैन र प्रेम गर्न जान्दैनन भने त्यस्तो बेला उसकी श्रिमतिले आफुलाई प्रेम कसले दिएको छ हेर्दिन नोकरले गर्ने प्रेम र मालिक ले गर्ने प्रेम फरक हुदैन प्रेम प्रेम नै हुन्छ । एल बिस कि श्रिमति यस्तो जवाफले अदालतमा उपस्तिथ सबे जना स्तब्ध हुन्छन । यसरि एल बिस लाइ छोडेर कृस्ले कि श्रिमतिले कानुन बमोजिम नै सम्पत्ति लिएर आफ्ने घरमा काम गर्ने नोकर संग बिहे गरिन । आन संगको बिछोड पछि एल बिस ड्रक एडिट भए र केही वर्ष पछि उनको मृत्यु भयो । एल बिस कृस्लेको मृत्यु पछि नोकरले भन्यो म हमेशा सोच्थेकि म आफ्नो मालिक कृस्लेको लागी काम गर्थे । तर अब दिमागमा आयो कि मालिकले हमेशा मेरो लागी काम गर्दो रहेछ । एल बिस पृस्लेको मृत्यु पछि नोकरले भन्यो । म हमेशा सोच्थे कि म आफ्नो मालिक पृस्ले को लागी काम गर्थे । तर अब दिमागमा आयो कि मालिकापो हमेशा मेरो लागि काम गर्दो रहेछ ।

चर्चामा

सम्बन्धित समाचार