• होमपेज
  • बाजुरा बिशेष
  • दुई दिन निशुल्क आँखा शिबिर शुरु

दुई दिन निशुल्क आँखा शिबिर शुरु

  • बिहिबार, जेष्ठ ३०, २०७६
दुई दिन निशुल्क आँखा शिबिर शुरु

बडिमालिका समचार
जेठ २९ बाजुरा
बाजुराको सदरमुकाम मार्तडीमा दुई दिने निशुल्क आँखा शिबिर सञ्चालन भएको छ । बडिमालिका नगरपालिकाको सहयोग र गेटा आँखा अस्पतालको आर्थिक सहयोगमा सदरमुकाम मार्तडीमा सञ्चालन भएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले वताएका छन् ।
बिहिवार र शुक्रवार सम्म सञ्चालन हुने शिबिरमा आँखाको चेकजाँच सँगै अप्रेशन, चश्मा बितरण र निशुल्क औषधि बितरण सेवा दिने रहेको बडिमालिका नगरपालिकाले जनाएको छ । आर्थिक अबस्था कमजोर भएका जिल्ला बाहिर उपचार गर्न जान नसक्नेलाई लक्षित गरेर शिबिर सञ्चालन गरेको बडिमालिका नगरपालिकाका प्रशासकिय अधिकृत तिर्थराज भट्टराईले वताएका छन् । नाम दर्ता शुल्क २० रुपैया मात्र लिने गरेका छौ बाकि सबै निशुल्क रहेको उनले वताए । आँखाको अप्रेशनमा समेत एक रुपैया नलाग्ने वताईएको छ ।
बर्षौ देखि आँखाका उपचार गर्न नपाएकाले सेवा पाँउने भएका छन् । आँखाको उपचार गर्न धनगढी रहेको गेटा आँखा अस्पताल जानु परेको थियो । जिल्लामै उपचार गर्न पाँउदा निकै खुशी भएको स्थानियले वताएका छन् । बडिमालिका नगरपालिकाले गेटा आँखा अस्पताललाई बिशेष आग्रह पछि आँखा शिबिर सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार