• होमपेज
  • मोडेल स्लाइडर
  • रेश्मा बनिन् मिस नर्स

रेश्मा बनिन् मिस नर्स

  • सोमवार, बैशाख ९, २०७६
रेश्मा बनिन् मिस नर्स

काठमाडौंं : कीर्तिपुर निवासी २२ वर्षीया रेश्मा प्रसाईंले ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) को उपाधि चुमेकी छन्। प्रसाईं बीएस्सी नर्सिङको पास आउट विद्यार्थी हुन्। शीर्षसहित ब्युटी विथ ब्रेनको उपाधिसमेत हात पारेकी प्रसार्इंले २५ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। उनले नगद ५० हजारसहित विभिन्न उपहार प्राप्त गरेकी छन्।

सोल्टीमोडस्थित होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतियोगितामा ट्यालेन्ट उपाधिसहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधिसहित आकृति मानन्धर सेकेन्ड रनर अप घोषित भए। दुवैले नगद ३० हजार र २० हजारसहित गिफ्ट हात पारे।

नर्सहरूको व्यावसायिक जीवनलाई समाजसामु साक्षात्कार गराएर उनीहरूको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिँदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई एउटा भिन्न प्रस्तुतिमार्फत व्यक्त गर्ने उद्देश्य अनुरूप ‘मिस नेपाल पिस’ आयोजना हँुदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।

नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेनको सहकार्य रहेको कार्यक्रममा रोजिन शाक्यको सञ्चालन तथा कोरियोग्राफी रहेको थियो। प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डीसी बेस्ट वाक, प्रीति सुनामा बेस्ट नर्सिङ थिम डे«स, सन्ध्या ओझा मोस्ट डिसिप्लिन, अनिता बस्नेत पब्लिक च्वाइस, नवीना महर्जन सोसियल्ली रेस्पोन्सिबल तथा सरगम गुरुङ मोस्ट पपुलर विधाका विजेता चुनिए।

कार्यक्रमको प्रस्तुतिलाई अझ बढी स्वास्थ्य सचेतनामा केन्द्रित बनाउने हेतुले प्रश्न उत्तर चरणमा सोधिएका प्रश्न पनि सोही विषयवस्तु सम्बन्धित थिए।

आलिकार्ट स्टुडियो डिजाइनर वेयरमा सहभागी २५ जना नर्सिङ सुन्दरीको प्रस्तुति रनवे मोडलको जस्तै प्रभावकारी थियो। पूर्वमिस नेपाल अश्मि श्रेष्ठ र मोडल हन्ट नेपाल विजेता आशिष केसी सो स्टपरका रूपमा रनवेमा थिए।

एभरेस्ट क्रुको आकर्षक नृत्य समेटिएको प्रतियोगिता विगतभन्दा भव्य र सफल भएकोमा आयोजक संस्थाका व्यवस्थापक यतना पाण्डेले खुसी व्यक्त गरे। प्रतियोगिताको निर्णायकमा चिकित्सकद्वय सन्ध्या चापागाईं र सुजिता हिराचन, अभिनेत्री बेनिशा हमाल, अभिनेता तथा गायक कोसिस क्षेत्री तथा स्काइफल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका सीईओ तेयन शर्मा थिए।

कार्यक्रममा आयोजक नेस्टस् मोडल्सले समाजसेवाअन्तर्गत संकलित नगद रकम अनाथ बालबालिकाको क्षेत्रमा कार्यरत सिर्जनशील बालसेवा परिवारलाई हस्तान्तरण गरेका छ। कार्यक्रमले नर्सिङ पेसामा लागेका र लाग्न चाहने युवतीहरूको आत्मसम्मान बढाएर उनीहरूलाई पेसाप्रति अझै मर्यादित र जिम्मेवार बनाउन सघाउने विश्वास आयोजकको छ।

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार