• होमपेज
  • मोडेल स्लाइडर
  • कटप्पासँग ऐश्वर्याको रोमान्स

कटप्पासँग ऐश्वर्याको रोमान्स

  • आइतवार, बैशाख ८, २०७६
कटप्पासँग ऐश्वर्याको रोमान्स

मुम्बई : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले मणिरत्नमको आगामी फिल्म साइन गरेको खबर सार्वजनिक भएको छ।

फिल्म कल्की कृष्णमूर्तिको उपन्यास द सन अफ पोन्नीमा आधारित छ। यो ठूलो बजेटको ऐतिहासिक ड्रामा हो जसमा बाहुबली फ्रेन्चाइजअन्तर्गत निर्माण हुँदैछ। यो फिल्ममा ऐश्वर्याको अलावा उनका ससुरा अमिताभ बच्चन पनि देखिन सक्नेछन्। अहिलेसम्म बिग बीले भने यो फिल्म खेल्नेबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। फिल्ममा ऐश्वर्याले बाहुबलीका कटप्पासँग रोमान्स गर्ने बताइएको छ।

रिपोर्टअनुसार फिल्म बाहुबलीमा कटप्पाको रोल निर्वाह गर्ने साउथ स्टार सत्यराजलाई यो फिल्ममा ‘पोन्निनी सेल्वम’ अफर गरिएको छ। यो फिल्ममा सत्यराज ऐश्वर्याका पतिको रोलमा देखिनेछन्।

ऐश्वर्याका पतिको रोलका लागि साउथका अभिनेता मोहनबाबुसँग पनि कुरा भएको छ। मोहनले सकारात्मक सिग्नल दिए भने कटप्पाको रोल उनको हातबाट फुत्कनेछ।

मणिरत्नमको यो मेगा बजेट फिल्ममा ऐश्वर्या राजकुमारीको भूमिका निभाउँदै छिन्। उनको विवाह एक राजासँग हुन्छ तर उनी यो विवाह आफ्नो इच्छा पूरा गर्न प्रयोग गर्छिन्। एजेन्सी

चर्चामा

सम्बन्धित समाचार