• होमपेज
  • मोडेल स्लाइडर
  • यसरी बल्झियो ऐश्वर्या र सलमानको पुरानो प्रेम कहानी…

यसरी बल्झियो ऐश्वर्या र सलमानको पुरानो प्रेम कहानी…

  • शनिबार, बैशाख ७, २०७६
यसरी बल्झियो ऐश्वर्या र सलमानको पुरानो प्रेम कहानी…

बैशाख ७

नयाँदिल्ली : ऐश्वर्या राय र सलमान खान प्रेम सम्बन्धमा थिए भन्ने कुरा त अधिकांशलाई थाहै छ । भलै उक्त सम्बन्ध धेरै लामो समय टिकेन ।

तर हालै उनीहरुको त्यो पुरानो प्रेम कहानी जोडिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जुन तस्बिर २० वर्ष पुरानो हो । सन् १९९९ मा दुबैले फिल्म ‘हम दिल दे चुके सनम’मा सँगै काम गरेका थिए । र फिल्म सुटिङको शिलशिलामै दुबैजना नजिकिएका थिए । तर २००२ मा अचानक उनीहरुको ब्रेकअप भयो ।

ऐश्वर्याले खोलेकी थिइन् सलमानसँग टाढिनुको कारण

ऐश्वर्या रायले त्यसबेला नै सलमानसँग किन टाढिएँ भनेर सार्वजनिक गरेकी थिइन् । ऐश्वर्याका अनुसार सलमानले उनलाई कुटपिट नै गर्थे । र फोनमा पनि झगडा गर्थे । सलमान ऐश्वर्याको अन्य केटासँगै अफेयर्स भएको ठान्थे । सोही कारण पनि सलमानले आफूमाथि हात उठाउने गरेको ऐश्वर्याले बताएकी थिइन् ।

सलमानले भने ऐश्वर्याको यस्तो आरोप झुटो रहेको बताउँदैआएका छन् । उनले भनेका छन्, ‘मैले कसैलाई कुटपिट गरेको छैन । म एकदमै भावुक प्रकृतिको मान्छे हुँ । यदी म दुखी भएँ भने म आफैँलाई पीडा दिन्छु ।’

सलमानका भाईले खुलासा गरेका थिए समस्या

सलमानका भाइ सोहेल खानको अन्तरवार्ता सामाजिक सञ्जालमा भाइरल बनेको थियो । जुन अन्तरवार्तामा उनले ऐश्वर्याको बारेमा खुलासा गरेका थिए । सोहेलले भनेका थिए, ‘अब ऐश्वर्या पब्लिकका बीच रुँदै छिन् । जब उनी दाईको साथ घुम्थिन्, हाम्रो घर आउँथिन्, हाम्रो परिवार उनलाई आफ्नो घरको हिस्सा नै मान्थ्यो । तब उनले सम्बन्धको कदर गरिनन् । उनले हामीलाई कहिल्यै पनि आफ्नो ठानिन् ।’

सोहेलले सलमानको बारेमा यसबारे अन्य कुरा पनि खुलाएका थिए । सलमान असल प्रेमी भएको संकेत गर्दै ऐश्वर्याबारे टिप्पणी गरेका थिए । सलमान खानले ऐश्वर्यालाई लिएर आफ्नो भविष्य सुरक्षित महसुश नगरेको उनको दावी थियो ।

यस क्रममा सोहेलले ऐश्वर्या र विवेक ओवरायबीचको सम्बन्धबारे पनि मुख खोलेका थिए । यतिसम्म कि, विवेकसँग सम्बन्धमा रहँदा पनि ऐश्वर्या सलमानसँग फोनमा मात्रै सम्बन्ध राख्ने गरेको सोहेलले बताएका छन् । छोरीकी आमा बनिसकेकी ऐश्वर्या रायबारे सलमानका भाइ सोहेलको यस्तो अन्तरवार्तासँगै उनीहरुको पुरानो प्रेमकहानीले चर्चा पाएको छ ।

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार