मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • समाज
  • बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का

बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का

  • सोमवार, साउन ४, २०८३
सेयर गर्नुहोस् :
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा युवतीको शव भेटिएको छ । कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।

सुनुवार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन् । सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

चर्चामा

सम्बन्धित समाचार