शनिबार, असार २७, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बझाङ जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना गम्भीर घाइते

बझाङ जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना गम्भीर घाइते

  • शनिबार, असार २७, २०८३
सेयर गर्नुहोस् :
बझाङ जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना गम्भीर घाइते

बझाङ–बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, ज्यान गुमाउनेहरूमा केदारस्यूँ– ७ की बिमला धामी, दुर्गाथली– ६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन् ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते हुनेको संख्या १३ पुगेको छ । जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र अन्य ६ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । जीप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।

चर्चामा

सम्बन्धित समाचार