
बाजुरा–राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
पुरक परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए ।
तीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो ।
जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् । ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् ।
परीक्षाफल विभिन्न २० वटा संस्थाको वेबसाइट, आइवीआर र एसएमएस–यूएसएसडी मार्फत हेर्न सकिन्छ। पुनःपरीक्षा आवेदन असार २५ गतेदेखि असार ३१ गतेसम्म खुला रहने बताइएको छ । नतिजा प्रकाशनमा केही प्राविधिक त्रुटि देखिए पुनः सच्याउने व्यवस्था गरिएको छ ।
परीक्षार्थीको उमेर, नाम, ठेगाना जस्ता विवरणमा फरक परेमा सम्बन्धित जिल्ला अधिकारीबाट सच्याउन सकिने व्यवस्था गरिएको छ।
यस वर्ष ७ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ ।


