शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  • शुक्रबार, असार ५, २०८३
सेयर गर्नुहोस् :
यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं–सरकारले नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने भएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।

यसैगरी नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपालप्रसाद भट्ट, कैलालीलाई नियुक्त गर्ने, सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

संघीय संसद समक्ष ४ वटा प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। जसमा सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरीद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार