शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

  • शुक्रबार, असार ५, २०८३
सेयर गर्नुहोस् :
राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

काठमाडौं– राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ ।

शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो ।

जसलाई सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो ।

राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । तथापि, राष्ट्रिय सभाले सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ ।

सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए ।

यसमध्ये चार वटा अध्यादेश मात्रै शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधिसभाले स्वीकृत गरि दिएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार