
आफु अँझै उस्तै छ संसार बदल्छु भन्छ,
रक्सिको मातमा व्यवहार बदल्छु भन्छ।
राजनीति गर्छन् अरूलाई उल्लु बनाउने,
गफै त हो बिषालु यी झार बदल्छु भन्छ।
बेचेर आयो कालापानी लिपुलेक उसैले,
आज आफै देशका गद्दार बदल्छु भन्छ।
जसले सिन्को भांच्दैन यो देशको लागि,
आफैले आज बालुवाटार बदल्छु भन्छ।
टुक्राएर देश सङ्घीयताको भिरमै पुग्यो,
ऊ गाउँलाई नै सिहँ दरबार बदल्छु भन्छ।
बुझ्न नसकेकै कुरा किन डाहा गर्छ त्यो,
जसले जीवनको आधार बदल्छु भन्छ।
