शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • बाह्र पास युवा मैनपावरको द्वार

बाह्र पास युवा मैनपावरको द्वार

  • बुधबार, साउन १, २०८२
बाह्र पास युवा मैनपावरको द्वार

हाम्रो समाजमा खुबै अत्याचार सधैँ हुन्छ,
पानी माथिको ओवानो गुनेगार सधैँ हुन्छ।

नारा लगाउँछन् भ्रष्टाचार बिरोधमा जनता,
नेता नै भ्रष्टाचारकै भने अनुसार सधैँ हुन्छ।

देशमा बस्नु छैन युवा गयो जीवन बिदेशमै,
बाह्र पास युवा मैनपावरको द्वार सधैँ हुन्छ।

सरकार पनि त ज जस्को आउँछ यो देशमै,
नियम पनि जनता लुट्ने आधार सधैँ हुन्छ।

राजनीतिकै खुलेकाछन् घरघरमै जालहरू,
जेभनेपनि उल्टो उनकै व्यवहार सधैँ हुन्छ।

ठोक्किन्छ फेरिपनि भुल्छन् नेताका गलती,
नयाँ संदेश आउँछ की इन्तिजार सधैँ हुन्छ।

चर्चामा

सम्बन्धित समाचार