• होमपेज
  • समाचार
  • युवा संघको चुनावमा १ हजार ४०४ मत खस्यो, नतिजा आजै आउने

युवा संघको चुनावमा १ हजार ४०४ मत खस्यो, नतिजा आजै आउने

  • मङ्लबार, जेष्ठ १४, २०८२
युवा संघको चुनावमा १ हजार ४०४ मत खस्यो, नतिजा आजै आउने

नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । मतदान सकिएपछि अहिले मुचुल्का उठाउने काम भइरहेको छ । मतदानको ३ घण्टामा नतिजा आउने सक्ने निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

युवा संघको निर्वाचनमा १ हजार ७६४ कूल प्रतिनिधि मतदाता थिए । अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार