
तिमी भन्छौ पलसर पनि उपहार हुन्छन्,
बाबु डर लाक्छ दुर्घटाना लगातार हुन्छन्।
तक्दिरका कुरा त गर्दैनगर कर्मले बनायो,
उपहार पनि यहाँ औकात अनुसार हुन्छन्।
जस्ले पल्सर दिन्छन् हार दिन्छ उपहारमा,
उनि धन्मान हुन्छन् आफ्नै व्यापार हुन्छन्।
थाहाछ तिमी मेरो हृदय हौ मुटु हौ म भन्छु,
तिम्रा बिचार नै हाम्रा जिउने आधार हुन्छन्।
केक काट्ने समेत माग नगर मोम नबुझाउँ,
दियो जलाउँ उज्यालोमा घर संसार हुन्छन्।
कत्ती जिद्ध नगर म किसान माटोमै हुर्केको,
देखासिकी नगरौँ आफ्नै नि व्यवहार हुन्छन्।
