शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको नयाँ नेतृत्व चयन

  • शुक्रबार, बैशाख २६, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको नयाँ नेतृत्व चयन

बाजुरा– राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल बाजुराको चौथो जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बन्दसत्रबाट रमेश ओलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हाे । जसमा उपाध्यक्ष जगत बहादुर शाही, महिला उपाध्यक्ष आशा थापा, सचिव गंगराम बिष्ट, उपसचिव नर बहादुर बुढा, कोषाध्यक्ष ललिता रोकाया लगाएत १७  सदस्यीय समिति बनेकाे छ ।
जिल्ला अध्यक्ष कफिन विककाे अध्यक्षतामा स‌चालन भएको उदघाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपसचिव तथा जनसंगठन संयन्त्र प्रमुख हरि बहादुर रोकाया प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा प्रचार प्रशार बिभाग प्रमुख राजन रोकाया लगायत जिल्ला कमिटि सदस्य रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार