काठमाडौ — नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले प्रहरीमा सुधार आवश्यक रहेको बताएका छन् ।
गृहमन्त्रालयमा आईजीको दर्ज्यानी चिह्नबाट सुभोशित भएपछि मन्तव्य दिंदै उनले प्रहरीमा सुधारको आवश्यकता रहेको बताएका हुन् ।
‘प्रहरी समाजको आवश्यकता र उपज पनि हो । हरेक समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी मुक्त छैन । प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ म विश्वास पनि गर्दिन । प्रहरीमा सुधार आवश्यक छ । त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन’, थापाले भने ।
सुधारको प्रारम्भ कोही व्यक्तिबाट नभइ आफैंबाट हुने पनि उनले बताए । ‘सधुारको प्रारम्भ कोही र कसैबाट होइन मभित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन । यसैतर्फ गतिशील रहन म मरो सहकर्मी लगायत सकल दर्जाहरुमा अनुरोध गर्न चाहान्छु । यसमा समन्वयतान्म भूमिकाका म निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गदर्छु’, उनले थपे ।
कार्य क्षमताको उचित मूल्यांकन, नेतृत्वको क्षमताको तत्काल सजाय र पुरस्कारमार्फत गरिने पनि उनले बताए ।
वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको पीडा दु:ख भोग्न नपरोस् भन्ने तर्फ हरदम सजग रहेन उनले बताएका छन् । पहुँचको हैन पद्धतिको थिती बसाल्न आफू हरहमेशा प्रयत्नशील रहने उनको भनाइ छ ।
प्रहरीको सर्वोच्च पदमा पुग्नुले गम्भीर जिम्मेवारी बोधको भएको थापा बताएका छन् । कुनै पूर्वाग्रहको भावना नगरी निश्पक्षाता कायम गरी काम गर्ने प्रतिबद्धता पनि उनले गरेका छन् । ‘प्रहरीको हित, उन्ति, श्रीवृद्धिका लागि दृढताका साथ समर्पण रहेन प्रतिबद्धता व्यक्त गर्दछु’, थापाले भने ।
नेपालको संविधानको मर्म अनरुप संघीय स्वरुपमार्फत कानून कार्यान्वय गर्न, विधिको शासन, मानव अधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबालका साथ कर्तव्य निष्ठ रहेको र रहिरने उनले बताए । यसलाई गतिशील बनाउनका लागि आफ्नो नेतृत्वदायी भूमिका रहने उनले बताएका छन् ।
प्रहरीको व्यवसायिकता, सक्षमता अभिवृद्धिमार्फत लोककल्याणकारी राज्यले मार्ग निर्देशन गरेका नागरिकका हरेक दु:ख र पीडामा राज्यको दर्बिलो प्रतिनिधि भएर उभिने उनले बताए ।
नेपाल प्रहरीको क्षमता अभिवृद्धिका लागि यसमा आवद्ध सदस्यहरुको न्यूनतम मानवीय आवश्यकता र स्रोत साधनको सुनिश्चतता, वृद्धि विकासका अवसरहरुको पहुँच निश्पक्षता सांगठनिक सुदृढीकरणका मार्ग हुन् ।
नेपाल प्रहरीले पहिचान गरेको यस्ता समस्यामा गृहमन्त्रालयको सद्भाव र अभिभावकत्व निरन्तर प्राप्त हुनेछ भन्ने नेपाल प्रहरी र आफू आश्वस्त रहेका उनले बताए ।