शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • अनेमसंघ बाजुराकाे अध्यक्षमा खाती चयन

अनेमसंघ बाजुराकाे अध्यक्षमा खाती चयन

  • बुधबार, फाल्गुन २१, २०८१
अनेमसंघ बाजुराकाे अध्यक्षमा खाती चयन

बाजुरा– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाजुराकाे अध्यक्षमा देवु खाति सर्वसम्मत अध्यक्षमा चयन भएकी छन् ।अनेमसंघकाे हिजाेबाट सूरू भएकाे ८ औ जिल्ला अधिवेशनले अध्यक्षमा खाति रहने गरि ३३ सदस्यीय नयाँ कमिटी चयन गरेकाे हाे ।

जस अनुसार उपाध्यक्ष निर्मला रोकाया र अमला दमाई, सचिव दुर्गा थापा, उप -सचिव गिता रोकाया र काेषाध्यक्षमा मनदेवि बुढा लगायत ३३ सदस्यीय नयाँ कमिटी चयन गरिएकाे हाे ।

अनेमसंघकाे नवनिर्वाचित कमिटीले आज नै सपथ ग्रहण गरेका छन् । हिजाे सूरू भएकाे अनेमसंघकाे अधिवेशन केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज माया खड्काले गरेकी थिईन् ।

चर्चामा

सम्बन्धित समाचार