• होमपेज
  • सुचना प्रबिधी
  • नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

  • आइतवार, पुस ७, २०८१
नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

नेपाल टेलिकमले लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । टेलिकमले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले २८ पुसका दिन साधारणसभा समेत आह्वान गरेको छ । कम्पनीले लाभाशं प्राप्त गर्न १७ पुससम्मको समयावधि तोकेको छ । १८ पुसदेखि २८ पुससम्म बुक क्लोज हुने समेत कम्पनीले जनाएको छ । नेपाल टेलिकमको लाभांश गत आर्थिक वर्षको तुलनामा भने घटेको छ ।

चर्चामा

सम्बन्धित समाचार