मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ

धनगढीमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ

  • मङ्लबार, कार्तिक ६, २०८१
धनगढीमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ

धनगढी— कैलालीको धनगढीमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-७ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २२ वर्षीय नरेश राना र देवरिया बस्ने २८ वर्षीय सेवाराम राना पक्राउ परेका हुन्।

उनीहरुलाई २ ग्राम २७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि पक्राउ गरेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार