सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • समाचार
  • लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

  • सोमवार, कार्तिक ५, २०८१
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

पोखरा— सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछाने पक्राउ परेको दिन गत शुक्रबारदेखि लागू हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार