आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • समाचार
  • सप्तरीमा बस दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते

सप्तरीमा बस दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते

  • आइतवार, कार्तिक ४, २०८१
सप्तरीमा बस दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते

सप्तरी–  कञ्चनरुप नगरपालिका बरमझियामा आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । उदयपुरको गाईघाट बाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशा बाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

चर्चामा

सम्बन्धित समाचार