• होमपेज
  • समाज
  • झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

  • आइतवार, अशोज १३, २०८१
झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

काठमाडौं— धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ।

सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिए। यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो।

आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो। उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन।

चर्चामा

सम्बन्धित समाचार