• होमपेज
  • समाचार
  • चाडपर्वमा बढ्ने कालोबजारी नियन्त्रण गर्न मुख्यसचिवको निर्देशन

चाडपर्वमा बढ्ने कालोबजारी नियन्त्रण गर्न मुख्यसचिवको निर्देशन

  • शनिबार, अशोज ५, २०८१
चाडपर्वमा बढ्ने कालोबजारी नियन्त्रण गर्न मुख्यसचिवको निर्देशन

सरकारको केन्द्रीय अनुमगन तथा मूल्यांकन समितिको बैठकले चाडपर्वको सयममा हुने कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्ने गरी प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले चार्डपर्वलाई लक्षित गरी बजार अनुगमन बढाउने निर्णय गरेको छ । बैठकमा मुख्यसचिव एकनारायण अर्यालले बजारमा हुनसक्ने कृत्रिम कालोबजारी, महँगी, मिसावट नियन्त्रणमा गम्भीर हुन मातहतका सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र प्रमुख जिल्ला अधिकारीहरुले आपसमा समन्वय गरेर स्थानीय स्तरसम्म नै बजार अनुगमन गर्ने व्यवस्था मिलाउन समबद्ध मनत्रालयका सचिव र सहसचिवहरुलाई भनेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले विज्ञप्ति जारी गर्दै सार्वजनिक सवारीको भाडादर लागु गराउन र दुर्घटना न्युनीकरण गर्न यातायात व्यवस्था विभाग र सडक विभागलाई समन्वयात्मक ढंगले काम गर्न पनि मुख्यसचिव अर्यालले निर्देशन दिएको उल्लेख गरेका छन् ।

बजारको ठगी र दुर्घटनाबट हुनसक्ने जनधनको क्षति न्युनीकरण गर्न आवश्यक जनशक्तिको उचित व्यवस्थापन गर्न मुख्यसचिव अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएका छन् । बैठकमा डेंगीको महाकारी नियन्त्रण गर्ने, चाडपर्व लक्षित प्रभावकारी सुरक्षा व्यवस्थापन गर्ने, अखाद्य वस्तुको बिक्री वितरण रोक्ने, यातायात व्यवस्थालाई सहज र सुरक्षित बनाउने लगायतका विषयमा छलफल भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार