शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा ६ जना जुवाडे पक्राउ

धनगढीमा ६ जना जुवाडे पक्राउ

  • शुक्रबार, अशोज ४, २०८१
धनगढीमा ६ जना जुवाडे पक्राउ

धनगढीः कैलालीको धनगढीमा ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका७ क्याम्पस चोकमा रहेको प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रोमा जुवातास खेलिरहेको अवस्थामा नास्ता पसल सञ्चालक प्रयाग राज जोशीसहित ६ जना पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २३ हजार ३४० र १ गड्डी ताससहित बिहीवार पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार