• होमपेज
  • अर्थ/वाणिज्य
  • यसपटकको दशैंमा क्यूआर प्रयाेग गरि डिजिटल दक्षिणा

यसपटकको दशैंमा क्यूआर प्रयाेग गरि डिजिटल दक्षिणा

  • सोमवार, भदौ ३१, २०८१
यसपटकको दशैंमा क्यूआर प्रयाेग गरि डिजिटल दक्षिणा

काठमाडौं – नेपाल राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट वितरण नगर्ने जानकारी दिइसकेको छ । दशैैंमा नयाँ नोट वितरण नहुने भएकाले सुकिला नोटले काम चलाउन आग्रह नै गरेको छ । बहुसांस्कृतिक देश भएपनि धेरै नेपालीहरूले मनाउने दशैंलाई राज्यले विशेष महत्व दिँदै आएको छ । जसकारण राष्ट्र बैंकले पनि दशैंलाई मध्यनजर गर्दै नयाँ नोट छाप्ने र वितरण गर्ने गरेको थियो ।

तत्कालीन राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्धशमशेरका पालामा वि.सं. २००२ मा नेपालमा पहिलो बैंक नोट जारी भएको थियो । नोट प्रयोग शुरु भएको ७९ वर्षदेखि मुख्यतः विजयादशमीका दिन टिकाटालोमा दक्षिणास्वरुपः कट्कटिएका नयाँ नोट दिने चलन छँदैछ । तर, यस पटकको दशैंमा भने सो प्रक्रियाले निरन्तरता नपाउने भएको हो । जसकारण यो दशैंमा खर्च व्यवस्थापन लगायत टिका लगाउने क्रममा पुरानै सुकिला नोटले काम चलाउनुपर्ने भएको छ ।

केही वर्षयता चलेको अभ्यास हेर्दा भने खासगरी शहरीया जीवनमा बैंक नोट भन्दा पनि डिजिटल कारोबार अभ्यास बढ्दैछ । हाल अधिकांश शिक्षित युवासँग डिजिटल भुक्तानी पहुँच भएका भएका कारण यो अभ्यास क्रमशः भुक्तानी शैली नै बन्न थालेको छ । दैनिक उपभोग्य सामग्री तथा बस्तु तथा सेवा खरिद–बिक्रीमा डिजिटल कारोबारको अभ्यास बढ्दो छ ।

त्यसैले अहिलेको दशैंमा नयाँ नोट नपाइने अवस्थालाई पनि ख्याल गरेर टिका लगाउँदा दक्षिणाको डिजिटल कारोबार गर्ने कि ! टिका लगाउँदा नोट वा सिक्का लेनदेनको साटो डिजिटल दक्षिणा देशका मुख्यतः ग्रामीण भूभागमा पक्कै अप्ठ्यारो वा नौलो हुनसक्छ । तर, डिजिटल कारोबारको अभ्यास गरेकाहरूले यसपटकको दशैंमा डिजिटल दक्षिणा सुरु गरिदिँदा अर्को वर्षदेखि यसले निरन्तरता पाउन सक्छ । खवरहवबाट

चर्चामा

सम्बन्धित समाचार