• होमपेज
  • समाचार
  • सहकारी ठगी छानबिन समितिले आज रवि लामिछानेसँग सोधपुछ गर्दै

सहकारी ठगी छानबिन समितिले आज रवि लामिछानेसँग सोधपुछ गर्दै

  • शुक्रबार, भदौ ७, २०८१
सहकारी ठगी छानबिन समितिले आज रवि लामिछानेसँग सोधपुछ गर्दै

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे सोधपुछका लागि बोलाएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

लामिछानेभन्दा अगाडि आज बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाइएको सभापति थापाले बताए । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदले गत जेठ १५ गते एमाले सांसद थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको थियो ।

७ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, नेकपा एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान छन् । समितिको तीन महिने समयअवधि यही भदौ २३ गते सकिँदैछ ।

चर्चामा

सम्बन्धित समाचार