• होमपेज
  • बडिमालिका
  • बाजुराको बडीमालिकामा आज सार्वजनिक बिदा

बाजुराको बडीमालिकामा आज सार्वजनिक बिदा

  • बिहिबार, साउन ३१, २०८१
बाजुराको बडीमालिकामा आज सार्वजनिक बिदा

बाजुरा–  बाजुराको बडीमालिका नगरपालिकामा बिहिबार सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाको आ व २०८१/०८२ काे कार्यपालिकाको पहिलाे बैठककाे निर्णयअनुसार बडीमालिका तीर्थ यात्रा प्रारम्भ हुने भएकाले आज बिदा दिइएको हो।

बुधबार एक सूचना जारी गर्दै नगरपालिकाको कार्यालय लगायतका सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा संस्थागत विद्यालयहरु र सम्पूर्ण स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्रहरुमा २३ गते (आज)का दिन बिदा दिइएको जनाइएको छ।

बाजुरा जिल्ला र देशकै प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्रको धरोहर बडीमालिका मन्दिरमा यहि भाद्र शुल्क चतुर्दशीका दिन बडिमालिका भब्य मेला लाग्ने गर्दछ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार