• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

  • बुधबार, साउन २३, २०८१
योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

धनगढी– योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायधिवक्ताले राजीनामा दिएका छन्। सरकार परिवर्तनसँगै नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका हुन्। मुख्यमन्त्री कमलबहादुर शाह समक्ष उनीहरूले मंगलबार राजीनामा दिएका हुन्।
पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत असार ३ मा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्यसमेत रहेका बझाङका विश्वकर्मालाई नीति तथा योजना आयोगको उपाध्यक्ष र डडेलधुराका शाहीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार