मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • जिल्ला अस्पताल बाजुरामा आज ओपीडी सेवा पूर्ण रुपमा बन्द

जिल्ला अस्पताल बाजुरामा आज ओपीडी सेवा पूर्ण रुपमा बन्द

  • मङ्लबार, साउन १२, २०८३
सेयर गर्नुहोस् :
जिल्ला अस्पताल बाजुरामा आज ओपीडी सेवा पूर्ण रुपमा बन्द

बाजुरा--जिल्ला अस्पताल बाजुरामा आज मंगलबार ओपीडी सेवा पूर्ण रुपमा बन्द रहने भएको छ । जिल्ला अस्पतालले एक सूचना जारी गर्दै ओपीडी सेवा बन्द रहने जनाएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, तोडफोड र जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा प्रहरीद्वारा गरिएको दुर्व्यवहारको विरोधमा सोमबार नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो ।

सो घटनाको विरोधमा जिल्ला अस्पताल बाजुराले पनि मंगलबार ओपीडी सेवा पूर्ण रुपमा बन्द रहने जानकारी गराउँदै आकस्मिक, प्रसूति, भर्ना भएका बिरामी तथा जीवनरक्षक सेवाहरु भने यथावत सञ्चालन हुने बताएको छ । यस्तै सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाको सहयोग र समझादारीको अपेक्षा रहेको जनाएको छ ।

साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै अस्पताल परिसरमा तोडफोड भएको थियो। टाउकोमा गम्भीर चोट लागेका डा. राम उपचाररत छन्। घटनाका दोषीहरूमाथि कानुन बमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा भइरहेको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को उपस्थितिमा प्रहरी प्रमुखले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नारायणी शाखा अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको चिकित्सक संघको आरोप छ ।

May be an image of text

 

चर्चामा

सम्बन्धित समाचार