• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

  • शुक्रबार, साउन १८, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् । नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सोडारीले शुक्रबार प्रदेशसभा बैठक सम्बोधनका क्रममा राजीनामा दिएका हुन् ।

गत असार २० गते एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । उनले एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिन विश्वासको मत लिने उदेश्यले प्रदेशसभा बैठक माग गरेका थिए ।

बैठकमा उनले भने, ‘विश्वासको मत मेरो पक्षमा छ भन्न त आएको हुँ । तर, यसो हेर्दा विश्वासको मत छ जस्तो छैन । मलाई मुख्यमन्त्री बनाएका माननीयजयूहरुले मार्गप्रस्तत गर्नु भनेको जस्तै मार्गप्रसस्त गर्ने घोषणा गर्छु ।’

प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र एक स्वतन्त्रसहित ५३ प्रदेशसभा सदस्य छन् ।

नयाँ सता समीकरणअनुसार सुदूरपश्चिम कांग्रेसको भागमा परेको छ । कांग्रेसबाट निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, निवर्तमानमन्त्री प्रकाश देउवा, नेता बहादुर थापा, दिवानसिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन् ।

चर्चामा

सम्बन्धित समाचार