• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी राजीनामा दिने तयारीमा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी राजीनामा दिने तयारीमा

  • शुक्रबार, साउन १८, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी राजीनामा दिने तयारीमा

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिने तयारी गरेका छन् । विश्वासको मत लिने र त्यसपछि राजीनामा दिने तयारी गरेका मुख्यमन्त्री सोडारीले संसद् चल्ने अवस्था नभएपछि सोझै पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीले संसद् चल्ने अवस्था नभएपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेको जानकारी दिए । कांग्रेस र एमाले स्रोतका अनुसार मुख्यमन्त्री सोडारी विश्वासको मतका लागि आह्वान गरिएको संसद् बैठकमा सहभागी नहुने भएका छन् ।

४ बजे बोलाइएको संसद् बैठकमा घण्टी बजे पनि कांग्रेस र एमालेका कुनै पनि सांसद भित्र पसेका छैनन् । सभामुख भीमबहादुर भण्डारीले १४ जना प्रदेशसभा सदस्य सहभागी भए बैठक बस्ने बताए । तर १४ जना नपुगेको अवस्थामा नबस्ने उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार