
बाजुरा– पढ्दै कमाउदै कार्यक्रम अन्तरगत बडिमालिका नगरपालिका ३ मा रहेको चोयाकोट माध्यामिका बिध्यालयका बिध्यार्थीले निगालोको डोका बनाउन थालेका छन । कक्षा ६ देखि १० कक्षा सम्मका बिध्याथीहरुले अतिरिक्त कृयाकलाप अन्तरगत निगालोबाट बन्ने डोका बनाउन सुरु गरेका हुन ।
चोयाकोट माध्यामिक बिध्यालयका बिध्यार्थीले प्रत्येक सुक्रबार पढ्दै कमाउदै कार्यक्रमको थालनी संगै ५० ओटा डोका बनाएर बडिमामिालकिा नगरपालिकालाइ हस्तान्तरण गरेको बिध्यालयका प्रधानाध्यापकले बताए । बिहिबार एक कार्यक्रमका बिच चोयाकोटका बिध्यार्थीले बनाएका डोकाहरु नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
नगरपालिकाले बनाएका ति डोकाहरु सरसफाई कार्यक्रममा प्रयोग गरिने बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए । सकरात्मक सोचका साथ समाजमा केही काम गर्न बजेट नै चाहिदैन भन्ने उदाहरण चोयाकोटले देखाएकोमा चोयाकोट माबिलाई धन्यबाद समेत ब्यक्त गरेका छन । बिध्यालयको लगाव र बिध्यार्थीको मेहनेतकाे उदाहरण दिदै नगर प्रमुख खड्काले बिना लगानी यति राम्रा कामहरु गर्न अन्य बिध्यालयले पनि सिक्न आवस्यक रहेको बताएका छन ।
प्रत्येक सुक्रबार अतिरिक्त कृयाकलाप अन्तरगत बिभिन्न गतिबिधी संचालन गर्दै बिध्यार्थीको आम्दानीमा जोड दिन सो कामको सुरुवात गरेको बिध्यालयका शिक्षक धनबहादुर रावलले बताए । चोयाकोट माबिले स्थानिय उत्पादन अन्तरगत बिभिन्न कृयाकलापहरु संचालन गर्दै आएको छ ।


