
बाजुरा– बाजुरा अछाम लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा बिध्युत सेवा अबराेध भएकाे छ । हिजाे साँझदेखी बिध्युत सेवा अवराेध भएकाे हाे ।
नेपाल बिधुत प्राधिकरण बाजुरा शाखाका अनुसार अत्तरिया -स्याउले-चमेलिया १३२ के भी डबल सर्किट लाईनमा फल्ट देखिएकोले अछाम लगाएत सुदुरपशि्चम का पाहाडि जिल्लाहरूमा बिद्युत सप्लाई अवरुद्ध भएकाे जनाएकाे छ ।
१३२ केभी लाइृनमा देखिएको फल्ट हाल सम्म पत्ता नलागेकोले अत्तरिया ग्रिड महाशाखाकाे टोलीबाट पेट्रोलिङ कार्य जारी रहेको बितरण केन्द्रले जनाएकाे छ ।


