शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मुलुकका विभिन्न ठाउँमा वर्षा, हुस्सु र हिमपातको सम्भावना

मुलुकका विभिन्न ठाउँमा वर्षा, हुस्सु र हिमपातको सम्भावना

  • मङ्लबार, माघ २, २०८०
सेयर गर्नुहोस् :
मुलुकका विभिन्न ठाउँमा वर्षा, हुस्सु र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। यस्तै, देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा, हुस्सु र हिमपातका कारण मुलुकका विभिन्न ठाउँमा तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । यस्तै तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा समेत प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ५६ मिनेट र सूर्यास्त साँझ ५ बजेर ३१ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार