• होमपेज
  • समाज
  • कैदीलाई बाजुरा घुमाउने अछाम कारागारका जेलर शाहीको सरुवा

कैदीलाई बाजुरा घुमाउने अछाम कारागारका जेलर शाहीको सरुवा

  • मङ्लबार, पुस २४, २०८०
कैदीलाई बाजुरा घुमाउने अछाम कारागारका जेलर शाहीको सरुवा

अछाम —अछाम कारागारमा रहेका एक कैदीलाई बाजुरासम्म घुमाएका जेलर जनक शाहीको सरुवा भएको छ। उनको इलाका प्रशासन कार्यालय, विनकायक सरुवा भएको अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए। इलाका प्रशासन कार्यालय, विनायकको सेवा सुचारु नभएकाले उनी जिल्ला प्रशासन कार्यालय, अछामा काम गर्दै आएका छन्।

जिल्ला कारागारका कैदीलाई जेलर शाहीले बाजुरा जिल्लाको भ्रमण गरेका हुन्। अछाम कारागारमा लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका कञ्चनपुरका नरेश अवस्थीले बाजुराको भ्रमण गरेका खुलेको थियो।

अवस्थीलाई जिल्ला कारागार अछामका जेलरले मङ्सिर ७ गते बाजुरा जिल्लाको भ्रमण गरेका हुन्। अवस्थीको बाजुरा भ्रमणको विषय प्रशासनलाई जानकारी भएपछि सुरक्षा प्रमुखसहितको टोली पनि परिवर्तन भएको थियो।

जेलर शाहीको सरुवा भएको थिएन। केही दिन पहिला उनको पनि सरुवा भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। अछाम कारागारका तत्कालीन सुरक्षाकर्मीका इन्चार्ज रविन्द्र कलौनीसहितको टोली भने गत मङ्सिर २५ गते नै फेरिएको हो। दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार