• होमपेज
  • बडिमालिका
  • एनसीसीकाे छैटाैँ स्थापना दिवसकाे अवसरमा बडिमालिका मन्दिर सरसफाई

एनसीसीकाे छैटाैँ स्थापना दिवसकाे अवसरमा बडिमालिका मन्दिर सरसफाई

  • मङ्लबार, पुस १०, २०८०
एनसीसीकाे छैटाैँ स्थापना दिवसकाे अवसरमा बडिमालिका मन्दिर सरसफाई

बाजुरा—  एनसीसीले आफ्नाे छैटाैँ स्थापना दिवसकाे अवसरमा सदरमुकाम मार्तडीमा रहेकाे बडिमालिका मन्दिर सरसफाई गरेकाे छ । साेमबार बाजुरा स्थित  दुर्गाभन्जन गुल्मको  सहयाेग तथा एनसिसि क्याडडकाे सक्रियतामा  जिल्लामा रहेको  एनसीसीकाे छैटाैँ स्थापना दिवसकाे अवसरमा प्रमुख धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेको बडिमालिका मन्दिर सरसफाइ गरेकाे हाे ।

एनसीसी तथा दुर्गाभन्जन गुल्मका ५८ जनाबढिकाे सहभागितामा मन्दिर सरसफाई कार्यक्रम गरेकाे दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र बहादुर सिहंले बताए  ।   एनसीसी समिति तथा दुर्गाभन्जन गुल्मले विभिन्न समय समयमा सामाजिक कार्य, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे दुर्गाभन्जन गुल्मका गुल्मपति  सिंहले बताएका छन ।

यस्तै विभिन्न कार्यक्रमले सैनिक-नागरिकबिचकाे सम्बन्ध प्रगाढ हुनुका साथै स्थानिय बासिन्दाहरु लगायत बाल बालिकाहरुमा एनसीसी तालिम र नेपाली सेना प्रति आकर्षण बढेकाे उनकाे भनाइ छ ।  कार्यक्रमले सकारात्मक भावनाको विकास, राष्ट्रिय एकताको भावनामा जोड तथा  एनसीसीहरुलाई विपद्को समयमा समेत स्वयम सेवकका रुपमा खटाउन सहयाेग पुग्ने दुर्गाभन्जन गुल्मका गुल्मपति सेनानी  सिंह बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार