काठमाडौं — यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालका उत्तम थापा मगरले अर्धशतक बनाएका छन् ।
७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा मगरले अर्धशतक बनाएका हुन् । प्रतियोगितामा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।
तर लगातार विकेट जाँदा नेपालले ३९ ओभरमा १३४ रन बनाएको छ
४६ रन हुँदा ५ विकेट गुमाएको स्थितिमा क्रिजमा आएका उत्तमले दिपेश कँडेलसँग ६८ रनको साझेदारी गरेका छन् ।