शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, धनगढीका युवकको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, धनगढीका युवकको मृत्यु

  • बिहिबार, मंसिर २१, २०८०
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, धनगढीका युवकको मृत्यु

धनगढी— कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।

सोमवार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१०१०प३८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका पछाडी सवार धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधवार मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार