मानिसको जिन्दगी शङ्घर्श हो सफर हो,
बांचनको लागी गर्नैपर्ने एउटा यो कर हो।
अहिले डर छैन बाघ भालुको बनमा कतै,
तर मानिसलाई खाने मनभित्रको डर हो।
निर्धक्क भई बांचौं र बांच्न देउ अरूलाई,
यही यो संसारको र समाजको डगर हो।
देश रत्तियो युवा बिनाको देश कम्जोर छ,
हामि जिउंनु भनेकै एक आर्काको भर हो।
नखाउ रक्सी जिवन बर्वाद हुन्छ र समाज,
बजारमा बिक्ने खाद्यान नि उस्तै जहर हो।
हामी प्रकृती समाज संग सधै शंघर्ष गर्छौं,
भित्रको कुरा जान नसक्ने छ भने घर हो।