काठमाडौं —नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य दलबहादुर गुरुङ पुरानै घर एमालेका फर्किएका छन् ।
सोमबार गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।
उनीसँगै सोमबार नै नेकपा एस परित्याग गरेर कास्कीको माछापुच्छे गाउँपालिकाका उपाध्यक्ष कृष्ण गुरुङसहित ८० जना भन्दा धेरै नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले उनीहरुलाई क्षमता र योग्यताअनुसारको उचित जिम्मेवारी प्रदान गरिने बताए ।