काठमाडौँ —नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेटमा नेपाली टोलीले भारतसँग हारे पनि नेपाली खेलाडीको प्रतिस्पर्धा गर्ने क्षमता बढेको बताएका छन् । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष क्रिकेटमा भारतसँग नेपालले २३ रनले हारेको थियो ।
भारतसँग हारेलगत्तै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ । कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ । शुभ बिहानी !’