• होमपेज
  • देश
  • नेपाल चिकित्सक संघसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति

नेपाल चिकित्सक संघसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति

  • आइतवार, भदौ ३१, २०८०
नेपाल चिकित्सक संघसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघले उठाएको माग र घोषणा गरेको आन्दोलनलाई सम्बोधन गर्न वार्ता समिति बनाएको छ । हेटौँडास्थित सन्चो अस्पतालमा दुई जना डाक्टरहरू कुटिएको विषयमा प्रशासनले देखाएको रवैयाको विरोध गर्दै संघले आन्दोलनका कार्यक्रम अगाडि सारेको थियो ।

यसै क्रममा आइतबार देशभरका आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारिएको छ ।

संघसँग वार्ता गर्न स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्य रहेको वार्ता समिति गठन गरी वार्ताका लागि आह्वान गरेको छ ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार संघका प्रतिनिधिसँग आजै वार्ता गरिने भएको छ । यस विवादको समाधान वार्ताबाट गर्न मन्त्रालय तत्पर रहेको पनि विज्ञप्तिमा भनिएको छ ।

चिकित्सक संघले विभिन्न ६ बुँदे माग अगाडि सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सन्चो अस्पतालमा घटेको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार