• होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • शुक्रबार, भदौ २९, २०८०
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सम्बन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।

साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्यहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन् । जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम–१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङको गत मंगलबार निधन भएको थियो भने हिजोको बैठक शोक प्रस्ताव पारित गरेको थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विद्येयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार