शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • समाज
  • ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु

ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु

  • बिहिबार, साउन १८, २०८०
ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु

 ब्राजिलमा लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मृत्यु भएको छ। ब्राजिलका तीन राज्यमा भएको लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मत्यु भएको हो भने ५८ जना घाइते भएका छन्।

ब्राजिलको प्रहरीले लागूऔषध गिरोहबाट तीन सय ८५ किलो लागूऔषत बरामद गरेको छ। बीबीसीका अनुसार उनीहरुको साथबाट प्रहरीले केही थान बन्दुकसमेत बरामत गरेको छ।

बीबीसीले स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै रियो दि जेनेरियोमा प्रहरी र लागूऔषत कारोबारीबीच गोली हानाहान भएपछि त्यो क्षेत्रका विद्यालय बन्द भएको जनाएको छ। झडप भएको क्षेत्र तनावग्रस्त बनेपछि त्यहाँ अन्य औपचारिक कार्यक्रमसमेत स्थगित भएका छन्।

ब्राजिलमा लागूऔषध गिरोह र प्रहरीबीच पटकपटक झडप हुँदै आएको छ। यही वर्ष मात्र प्रहरी र लागूऔषध कारोबारीबीच ३३ पटक झडप भएको समाचारमा उल्लेख गरिएको छ। यसरी भएको झडपमा १२५ जनाको मृत्यु भइसकेको छ। khabarhup

चर्चामा

सम्बन्धित समाचार