गरिब लड्छन मर्छन् सरकार धनिको हुन्छ,
क्रान्ती भन्दै बली चढे संसार धनिको हुन्छ।
राज त भयो दुनियाँ भरीमै मुठ्ठिभर धनिको,
गरिब लड्दा जितको आधार धनिको हुन्छ।
आखिर के गरौँ गरिब सर्वहारा श्रमजिवि ले,
भन गरिबले बनाएकै औजार धनिको हुन्छ।
थुप्रै छन आफुलाई क्रान्तिकारी खम्बा भन्ने,
दुःख लाग्छ उनैको व्यवहार धनिको हुन्छ।
आजपनि गरिबलाई कसैले हेर्दैन् संसार मा,
जस्तो सुकै सरकारमा उद्धार धनिको हुन्छ।
हामि औजार बनाउँछौ गुडाउँछौ र उडाउँछौँ,
त्यो सबैमा कब्जा सधै बरकरार धनिको हुन्छ।