
नेकपा माओवादी जिल्ला समन्वय समिति कैलाली र नेपालि काँग्रेसले आमहड्ताल फिर्ता गर्न अनुरोध गरेको छ। दुबै पार्टीले आफ्नो पार्टी शान्तिपुर्ण रुपले गरिने आन्दोलनमा सर्मथन, सम्मान गर्ने र बन्दहड्ताल, चक्काजाम र आमहड्ताल अहिले नै गरिहाल्नुपर्ने आवश्यक नरहेको उल्लेख गरेको छ। सुदुरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका साथै समग्र आर्थीक विकासमा कोशेढुङ्गा सावित हुने गेटामेडिकल कलेजप्रति यस क्षेत्रका आम जनता, नागरिक समाज, वौद्घिक वर्गसहित सबैपक्षको चासो र सरोकारप्रति सम्मान गर्दै आन्दोलन फिर्ता लिन विज्ञिप्तिमा भनेको छ।
गेटा मेडिकल विश्वविद्यालयलाई लिएर भोलि सुदुरपश्चिम बन्दको आव्हान कार्यक्रम फिर्ता लिई यसको सञ्चालन गर्नमा सहयोग गर्न अनुरोध गर्दछौँ, विज्ञिप्तिमा भनिएको छ।
कैलालीस्थित गेटामा निर्माणाधिन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा नागरिक स्तरबाट आमहड्तालको घोषणा गरिएको छ।


