• होमपेज
  • बाजुरा बिशेष
  • आर्थिक अभावमा परेका विपन्नलाइ कृत्रिम खुट्टा सहयोग

आर्थिक अभावमा परेका विपन्नलाइ कृत्रिम खुट्टा सहयोग

  • मङ्लबार, फाल्गुन ९, २०७९
आर्थिक अभावमा परेका विपन्नलाइ कृत्रिम खुट्टा सहयोग

प्रकाश सिंह/ काठमाडौ — कृत्रिम खुट्टा किन्न नसक्ने आर्थिक तथा बिपन्न परिवारलाइ कृत्रिम खुट्टा सहयोग शिबिर सञ्चालन भएको छ । काठमाडौमा रहेको मेडिकल पुनस्र्थापना संस्था काठमाडौ र काठमाडौ थेरापी क्याम्प ले निशुल्क खुट्टा सहयोग शिबिर शुरु गरेको छ ।
आर्थिक अभाबमा कृत्रिम खुट्टा राख्न नसक्ने बिभिन्न नागरिकलाइ खुट्टा सहयोग शुरु गरेको मेडिकल पुनस्र्थापना संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । दुर्घटना तथा अन्य रोगका कारणले खुट्टा गुमाएका तर आर्थिक अभाबमा खुट्टा राख्न नसकेका बिपन्न नागरिकलाइ निशुल्क खुट्टा राख्ने गरेको बस्नेतले वताएका छन् ।

No description available.
संस्थाले खुट्टाको सामान युरोपका बिभिन्न देश बाट ल्याएको छ । सामान बाहिर बाट ल्याएर खुट्टा चेकजाँच गरेर त्यहि अनुसार खुट्टा निर्माण गरि खुट्टा सहयोग गर्ने आयोजकले वताएका छन् । लामो समय देखी पैसा नभएर खुट्टा हाल्न नसकेका दुर्गमका बासिन्दालाइ पहिलो चरणमा कृत्रिम खुट्टा सहयोग गर्ने विस्तारै अरुलाइ सहयोग गर्दै जाने रहेको छ ।
बाजुराको बडीमालिका नगरपालिका ९ उखाडीका ५६ वर्षका लालमनी उपाध्याय आर्थिक अभावका कारण कृत्रिम खुट्टा हाल्न सकेका थिएनन् । दायाँ खुट्टामा कृत्रिम खुट्टा हाल्ने पैसा नहुदा घरमै थलिएर बस्न बाध्य भएका छन् । उनलाइ बाजुरा देखी संस्थाले बोलाएर खुट्टा हाल्न शुरु गरेको छ ।
२०६९ सालमा भारतमा गएका बेला गाडीले उनको दायाँ खुट्टा भाँचिदिएपछि अहिले उनी अपाङग जिवन विताईरहेका छन् । उनको दाँया खुट्टा भाँचिएको १० वर्ष पुरा भएको छ । काठमाडौ पुगेर खुट्टा हाल्न शुरु भएको लालमणीले वताएका छन् । खुट्टा पाउने भएपछि निकै खुशी भएको उपाध्यायलृ वताए ।

No description available.
त्यस्तै बुढिनन्दा नगरपालिका १० बस्ने सुकि थापा भोटेले पनि कृत्रिम खुट्टा हाल्न सकस परेको थियो । संस्थाले काठमाडौ बोलाएर खुट्टा हाल्न सहयोग गरेका छन् । लालमणी र सुकि जस्तै आर्थिक अभाबमा बिपन्न नागरिकलाइ निशुल्क खुट्टा हाल्न शुरु गरेको सामाजिक अभियान्ता देबेन्द्र गुरुङ्गले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार