काठमाडौँ – संसदीय प्रक्रिया र अभ्याससम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ ।
प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्न संसद भवन बानेश्वरमा आयोजित दोस्रो दिनको कार्यक्रममा पूर्वअर्थमन्त्री ड. युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिका विषयमा धारणा राखिरहेका छन् ।
पहिलो दिनको कार्यक्रममा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङ लगायतले प्रशिक्षण दिएका थिए ।